हिजो टीका नलगाएका नेवार समूदायले आज भाइटीका लगाउँदै, आज पनि सार्वजनिक विदा
२ मंसिर, काठमाडाैँ । सोमबार भाइटीका नलगाएका नेवार समुदायकाले आज मङ्गलबार भाइटीका लगाउँदै छन् । हिजो म्हः पूजा गरेका नेवार समूदायले आज भाइटीका मनाउँदै छन । आइतबार म्हः पूजा गरेका नेवार समूदायले सोमबार भाइटीका लगाएका थिए । तर नेवार समूदायका कतिपयले हिजो म्ह पूजा गरेका थिए ।

म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति : November 17, 2020 at 9:02 am



