तादीखोला जलविद्युतका प्रभावितले सेयर पाए, कात्तिक २५ बाट आइपिओ खुल्ने
१ मंसिर, काठमाडाैँ । नुवाकोटमा निर्माणाधिन तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बाँडफाँड भएको छ । प्रर्वद्धक माउन्टेन इनर्जी नेपाल लिमिटेडले ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । दुवै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरिदका लागि आवेदन आव्हान गरिएको बताउनुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा निर्माणािधन ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना र तादी खोला दुबै निर्माणको अन्तिम चरणमा पुगेको छ । दुबै कम्पनीका प्रभावति जनताले सेयरमा लगानी गरेका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले शेयर हालेका हुन् ।

नारच्याङका श्याम पुर्जाले बैदेशिक रोजगार, गाइभैसी, भेडाबाख्रा बेचेर स्थानीयले हाइड्रोमा शेयर लगानी गरेको बताउनुभयो । रु। पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स ९निर्माण अनुमति० दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।
प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार १९:३८










