१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

श्रीकृष्णले गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्द्धन पूजा गरिदैँ

१ मंसिर, काठमाडाैँ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्द्धन पर्वत मानेर आजै पूजा गरिएको छ । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

यस वर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोबर्द्धन पूजा परेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोबर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले आजै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

आज बिहान प्रतिपदा तिथि हुँदै गोबर्द्धन पूजा गर्न समितिले आह्वान गरेको थियो । त्यसपछि भाइटीकाको तयारी शुरु गरिएको छ । यस वर्ष कोरोना महामारी समेत फैलिएकाले स्वास्थ्य सुरक्षाको विधि अपनाएर भाइटीका लगाउन धर्मशास्त्रविद्ले आह्वान गरेका छन् ।

प्रकाशित मिति : November 16, 2020 at 5:13 am