१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थप १४ सय ७७ मा कोरोना पुष्टि हुँदा २७९८ जना कोरोनामुक्त भए

३० कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दैनिक स्थितिसूचक प्रकाशित गर्दै पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । कुल ६ हजार ४७६ जनाको स्वाब परीक्षण गर्दा १४ सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० पुगेको छ । अहिलेसम्म ८२.७ प्रतिशत कोरोनामुक्त भैसकेका छन । अहिलेसम्म सक्रिय संक्रमितको संख्या भने ३५ हजार १२५ जना रहेको छ ।

प्रकाशित मिति : November 15, 2020 at 4:58 pm