१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

२८ कात्तिक, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले १ लाख २६ हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । साे शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मङ्सिर ७ गतेदेखि पौष १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।


शेयरको न्युनतम मूल्य प्रति शेयर ४९२ रुपैयाँ तोकिएको छ त्यसैले सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखी सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरको बिक्री प्रवन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १५:४४