११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

३० जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदीविरुद्ध पचास हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार प्रमुख सुवेदीले श्री आधारभूत विद्यालय भन्टाबारीको विद्यालयको भौतिक सुधार कार्यक्रमअन्तर्गत बजेट पारिदिने भन्दै घुस मागेको अभियोग लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मंगलबार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०५:४४