२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्दै

२५ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।  उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दैछन । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ ।

पहिलो पटक आईपीएलको फाइनलमा पुगेको दिल्लीसँग साविक विजेता मुम्बईले प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ ।

दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०७:५९