२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाली फुटबल टिमले बंगलादेशको मैदानमा अभ्यास खेल शुरु गर्यो

२३ कात्तिक, काठमाडाैँ । बंगलादेशको ढकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आज (आइतबार)देखि मैदानमा अभ्यास खेल शुरु गरेको छ । काठमाडौंबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास शुरु गरेको हो । नेपाली फुटबल टिम बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ंढाका पुगेको हो ।

नेपाली फुटबल टिम कोभिड १९ संक्रमणको जोखिमका कारण बिहीबार देखि ढाकामा होटल क्वारेन्टाइनमा बसेको थियो । क्वारेन्टाइनमा रहेकै बेला पनि होटलको छतमा दुई दिन सम्म सामान्य अभ्यास गरेको टीमको पीसीआर रिपोर्ट नेगेटीम आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो ।

फाइल फोटो ।

यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टा भन्दा बढी अभ्यास गरेको छ । ढाका पुगेपछि पहिलोपटक मैदानमा अभ्यास गराउन पाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिएपनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकोले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताउनुभयो । नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार २०:३३