१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

प्रचण्डले मेरो बारेमा भ्रम छरे, उनले पत्रकारलाई दिएको सूचना सर्वथा गलत छः नेता नेपाल

१७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बारेमा पत्रकारलाई गलत सूचना दिएर भ्रम छरेको बताएका छन । सोमबार सामाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी लेख्दै नेता नेपालले प्रचण्डको नामै नलिए उनले भ्रम छरेको बताएका हुन ।

उनले भनेका छन ‘आजको कान्तिपुरमा नयाँ ताण्डव शीर्षकमा मेरो नाम जोडेर आएको समाचार सर्वथा गलत छ। तर म मुद्दा हाल्दिन । किनभने मुद्दा आफ्नै पार्टीका अध्यक्षको विरुध्दमा पो लाग्ने रहेछ।’ नेता नेपालले भ्रम छरेको अभियोगमा मुद्दा हाल्यो भने आफ्नै अध्यक्षमा लाग्ने भएकाले हाल्दिन भनेका छन ।

कान्तिपुर दैनिक लगायतले प्रचण्डलाइ उधृत गर्दै नेता नेपाललाइ प्रधानमन्त्रीका सल्लाहकार समूह र पार्टीका नेताले पार्टी विभाजनपछिको अवस्थाम अध्यक्ष बन्न अनुरोध गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । नेता नेपालले उक्त समाचार सर्वथा गलत भएको भन्दै समाजिक सञ्जाल मार्फत खण्डन गरेका छन ।

आइबार प्रचण्डले सचिवालयका केही सदस्यलाइ बोलाएर प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण सूचनाहरू बाँडेर आफू निकटका सञ्चार माध्यमका पत्रकारलाइ पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठ मार्फत समाचार बाँडेका थिए । प्रचण्डले त्यहाँ बाँडेको भ्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ नै गोदाबरीमा निर्माणाधिन एउटा भवन निरीक्षणमा जाँदा पत्रकारहरूसँग गरिएको कुराकानीमा खण्डन गरिसकेका छन ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार २२:०५