११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

दावा लामाका सहयोगी अशोक लामामाथि गोली प्रहार

२८ जेठ, काठमाडौँ । प्रहरीले आपराधिक गतिबिधिमा संलग्न अशोक लामामाथि ललितपुरमा गोली प्रहार गरेको छ । लामालाई पक्राउ गर्न कम्मरमुनी दुई गोली हानिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार लामा विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका थिए भने पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी प्रहरीमा परेको थियो । खुट्टामा दुई गोली लागेका लामाको वीर अस्पतालमा उपचार भैरहेको छ । उनको दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेको छ ।

लामा साथबाट एउटा पेस्तोल समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको फरार सूचीमा रहेका थिए । लामाका दुई जना सहयोगी भने भाग्न सफल भएका छन । लामाको नाममा यसअघि ज्यान मार्ने उद्योग र सार्वजानिक अपराधमा मुद्दा चलेको थियो तर उनी शक्तिको आडामा छुटेका थिए । लामा गुण्डागर्दीमा संलग्न दावा लामाको सहयोगी रहेको र मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १४:४९