२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएल क्रिकेटः दिल्ली क्यापिटल्स ९ विकेटले पराजित

१५ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले अर्को जित दर्ता गर्दै १८ अंकसहित तालिकाको शिर्ष स्थान कायमै राखेको छ । उसले शनिबार दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्रै १ विकेट गुमाएर भेटायो ।

मुम्बइका लागि इशन किसनले नटआउट ७२ रन बनाए । यस्तै क्विण्टन डि कक २६ रनमा आउट भए । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनायो । सुरुदेखि नै खराब प्रदर्शन गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐअरले सर्वाधिक २४ रन बनाए । आजको हारसँगै दिल्लीलाई प्ले अफमा पुग्न समस्या देखिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १९:२१