२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स प्ले अफ नजिक

१३ कात्तिक, काठमाडाैँ । आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।

१६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०९:११