१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बर्दियाको दुई स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना

८ कात्तिक, बर्दिया । जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : October 24, 2020 at 6:14 pm