१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती कोरोनामुक्त

७ कात्तिक, काठमाडाैँ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ । उहाँलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो ।

यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी., भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त हुनुभएको छ । बर्दघाटका नगरप्रमुख पनि परासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल पनि कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ । सङ्क्रमण भएको ११ औँ दिनमा आज गरिएको पिसीआर परीक्षणको क्रममा कोरोना रिर्पाेट नेगेटिभ आएको प्रमुख बस्यालले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुएको हो ।

प्रकाशित मिति : October 23, 2020 at 9:57 pm