पर्सामा शपथ ग्रहणका क्रममा झडप हुँदा घाइते भएका नेकपाका कार्यकर्ताको मृत्यु
७ कात्तिक , काठमाडौँ । पर्सामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका-५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो।

बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। उक्त झडपमा ८ जना घाइते भएका थिए।त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। उनकाे चौरासियाको न्युरो अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । यस घटनामा अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिए।
प्रकाशित मिति : October 23, 2020 at 2:10 pm



