१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २१ जनाको मृत्यु

६ कात्तिक, काठमाडाैँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप जना ३६३७ जना कोरोना संक्रमित थपिएका छन ।

फाइल फाेटाे

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना  रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ ।

प्रकाशित मिति : October 22, 2020 at 4:38 pm