१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

६ कात्तिक, काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँस्कोटाले आफूलाई काेराेना पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटर मार्फत आज जानकारी दिनुभएकाे हाे ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ – मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।

प्रकाशित मिति : October 22, 2020 at 3:29 pm