गण्डकी प्रदेशमा थपिए १८ कोरोना संक्रमित, २ जनाको मृत्यु
५ कात्तिक, गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार थपिने सङ्क्रमितमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का १५, तनहुँका दुई र गोरखाका एक जना छन् ।

नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा र म्याग्दीको धवलागिरिका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति : October 21, 2020 at 11:04 am



