बसन्त चौधरीलाई कोरोना संक्रमण
५ कात्तिक, काठमाडाैँ । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाइ कोरोना संक्रमण भएको छ । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष समेत रहेका चाैधरीले सामाजिक सञ्जाल मार्फत आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका छन ।

उनले भनेका छन ‘सामान्य लक्षण देखियो त्यसपछि कोरोना परीक्षणका लागि नमूना दिएको थिएँ, गए राती कोरोना पोजेटिभ भएको रिपोर्ट आयो,’ उलने अगाडी थपेका छन्, ‘पछिल्लो पाँच दिन देखि मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई सजग र सतर्क रहनुहोला ।’ उनी अहिले चिकित्सकसंगको परामर्शमा होम आइसोलेसनमा रहेका छन ।
प्रकाशित मिति : October 21, 2020 at 8:33 am



