१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

दुई प्रहरीको हत्यामा केराउ तस्करको संलग्नता, पक्राउ परे ७ जना अरोपी

४ कात्तिक, कैलाली । कैलालीमा केराउ तस्करले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्यामा केराउ तस्करको संलग्नता पाइएको हो । केही दिनअघि कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको थियो ।

प्रहरीले गोविन्द र रामबहादुरको शव फेला परेको धनगढी उपमहानगरपालिका–१० स्थित नजिकै छरिएको अवस्थामा केराउ पनि भेटाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले हत्यामा केराउ तस्करको संलग्ता देखिएको बताउँदै ७ जना अरोपी पक्राउ परेको जानकारी दिए ।

प्रहरीले धनगढी–१० का ३१ वर्षीय रोहित राना उर्फ पर्कु, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना उर्फ गब्बर, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना उर्फ टल्लु र २५ वर्षीय रामगोपाल रानालाइ पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : October 20, 2020 at 6:59 pm