दुई दिनदेखि बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियाे
४ कात्तिक, धनगढी । दुई दिनदेखि बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटिएकाे छ। प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार मोहना नदीमा फेला परेको हो। बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो। गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए।
असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो। सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो। प्रहरी जवानको साउदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ। संलग्न मध्ये केही अझै फरार रहेकोले खोजी कार्य तिब्र बनाएको छ ।
प्रकाशित मिति : October 20, 2020 at 11:32 am



