नुवाकोटका दाहाल नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा चयन
३ कातिक, काठमाडाैँ । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरि दाहाल चयन भएका छन् । मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालका साथमा कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल, सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।
प्रकाशित मिति : October 19, 2020 at 6:34 pm



