भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण
३ कात्तिक, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले यस बीच आफ्नो सम्पर्कमा आउने सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति : October 19, 2020 at 5:33 pm



