१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप १८ जनाकाे मृत्यु

३ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप जना ३७९० जना कोरोना संक्रमित थपिएका छन । याेसँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ३६०३६ पुगेकाे छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४०७७८ रहेको छ । थपिएका संक्रमितमध्ये काठमाडौँमा २००८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २३८८ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । आज देशभर २३३५ संक्रमित कोरोनामुक्त भएका छन्। याेसँगै हालसम्म काेराेना जितेर घर फर्किने काे संख्या ९४५०१ पुगेकाे छ ।

प्रकाशित मिति : October 19, 2020 at 4:32 pm