१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

धादिङमा बजार अनुगमनः सदरमुकामका ३ पसलमाथि कार्वाही

-विवेक अर्याल

३ कात्तिक, धादिङ । चाडपर्व नजिकिएसंगै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तिब्र पारेको छ । दशैं पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लगायतको टिमले आज सोमवार सम्ममा जिल्ला सदरमुकाम धादिङबेसीका ११८ वटा पसलहरु अनुगमन गरेको छ ।

१० दिन लगाएर गरिएको उक्त अनुगमनमा ११८ वटा खाद्यान्न पसल अनुगमन गरिएको थियो जसमध्ये ३ वटा पसलहरुलाई जरिवाना सहितको कार्वाही गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ । जसमा एउटा ५ हजार, १० हजार र ५० हजार जरिवाना समेत लगाईएको समेत घरेलु तथा साना उद्योग कार्यालय धादिङल जनाएको छ ।

अनुगमनमा मुल्य सूची नराख्ने पसलहरुलाई तत्काल मुल्यसूची राख्न निर्देशन दिएको र म्याद गुज्रेसका सामाग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : October 19, 2020 at 4:11 pm