पूर्वमन्त्री गाेकर्ण विष्टद्धारा दशैंभत्ता बापतकाे रकम फिर्ता
३ कात्तिक, काठमाडाैँ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गाेकर्ण विष्टले दशैं भत्ता बापत रकम फिर्ता गरेका छन् । साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले देशले कोरोनाको महासंकट सामना गरिरहेको र नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा सांसदको हैसियतले दशैं खर्च लिनु उपयुक्त नलागेकोले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको जनाएका छन् ।

उनले लाखौं मानिस चउरमा थाल थापेर खाना खान बाध्य भइरहेको अवस्थामा आफुले दशैं भत्ता बापतको रकम लिन नसक्ने जनाउँदै चेक मार्फत उक्त रकम फिर्ता गरेको जनाएका छन् ।

प्रकाशित मिति : October 19, 2020 at 12:53 pm



