१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

केएमसीको तेस्रो तलाबाट हाम्फालेका युवकको मृत्यु

३ कात्तिक, काठमाडाैँ । काठमाडौँ मेडिकल कलेजको भवनबाट हाम्फालेका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान करिव पौन नौ बजेतिर अस्पतालको तेस्रो तलाबाट  हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनको मानसिक अवस्था ठिक नरहेको बताइएको छ । आमा औषधि किन्न गएको बेला उनि हम्फालेको प्रहरीले जानकारी दिएको छ ।

फाइल तस्वीर

उनले यसअघि आफ्नो शरीरमा आगो लगाउने प्रयास पनि गरेका थिए । आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो । हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 19, 2020 at 11:17 am