१०० घण्टा लामो कला कार्यशाला गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने तयारी
३ कातिक, काठमाडाैँ । १०० घण्टा लामो कला कार्यशाला गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने तयारी भएको छ । ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटिसकेका छन । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लूएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो ।

समाजले आइतबार पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी गराएको छ । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ । कोभिड-१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति : October 19, 2020 at 7:58 am



