प्रेस काउन्सिल बन्द
२ कातिक, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : October 18, 2020 at 9:40 pm



