नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक नर्सको मृत्यु
२ कात्तिक, काठमाडाैँ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेकी विद्या जोशीको मृत्यु भएको हो ।

जोशी रिटायर हुनुभन्दा अगाडी वीर अस्पतालमा कार्यरत थिइन् । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताइन् ।
प्रकाशित मिति : October 18, 2020 at 4:12 pm



