अब ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने
२ कात्तिक, काठमाडाैँ । सार्वजनिक यातायातमा यात्रा गर्दा अब अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएकाे छ । मास्क लगाएजस्तै अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषाल जानकारी दिए । भुषालका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले फेस सिल्डको व्यवस्थापन आफैँले गर्नुपर्नेछ ।
यसअघि सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ।

विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। प्रवक्ता भुषालले उक्त निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराइसकिएको बताए।
प्रकाशित मिति : October 18, 2020 at 2:22 pm



