वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद
१ कातिक, काठमाडाैँ । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताउनुभयो । सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ । *अपडेट गरिएको

jL/u~h dxfgu/kflnsf $ /]zd sf]7Ldf /x]sf] >Lu0f]z ckf6{d]G6sf] t]>f] tnfsf] #)# gDa/sf] nfO6df n’sfO{l5kfO{ /flvPsf] cj:yfdf sl/a @# lsnf]u|fd ;’g / @ lsnf] @^@ u|fd rfFbL a/fdb u/]kl5 lhNnf k|x/L sfof{no kl/;/df ;fj{hlgs ub}{ . t:jL/ M jL/]Gb| s0f{÷/f;;
प्रकाशित मिति : October 17, 2020 at 1:44 pm



