१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

फेसबुकमा ‘बलात्कारी संगठन’ चलाउने नविन बस्नेत पक्राउ

३० असोज, काठमाडाैँ । नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ चलाउने त्यसका सञ्चालक (प्रयोगकर्ता)लाइ पक्राउ गरेको छ । प्रहरीले फेसबुकमा बलात्कारी संगठन नामको ग्रुप सञ्चालन गर्ने प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेतलाइ पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बस्नेतलाइ नवलपरासीबाट पक्राउ गरेर काठमाडाैँ ल्याउँदै गरिएको जानकारी दिएका छन । ग्रुपमा अश्लील विषयहरु लेखिएका छन । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरीको साइबर व्यूरोले कारबाही अघि बढाएको हो ।

प्रकाशित मिति : October 16, 2020 at 6:30 pm