१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काठमाडाैँका २४०२ सहित पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

३० असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ४३९२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७३८२ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १२ हजार ३३६ र होम हाइसोलेशनमा २५ हजार ४६  जना रहेका छन् । आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २४०२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रकाशित मिति : October 16, 2020 at 4:30 pm