कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु
३० असोज, काठमाडौँ । कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानकाे मृत्यु भएको छ । मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते काेराेना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
प्रकाशित मिति : October 16, 2020 at 2:13 pm



