१३ पुष २०८१, शनिबार | Sun Dec 29 2024

डा उपेन्द्र देवकोटाको स्वास्थ्य गम्भीर, फेसबुकमा श्रद्धाञ्जली दिन हानाथाप, कता जाँदै छ समाज ?

२६ जेठ, काठमाडौँ । विश्व प्रख्यात न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वस्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको देवकोटा भाइ बसन्त देवकोटाले बताएका छन ।

पाँच महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटालाई गत वैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो । देवकोटाको न्यूरो अस्पतालमा सघन रुपमा उपचार भइरहेको छ ।

यता मध्यराति देखिनै गम्भीर अस्वस्थामा उपचाररत डा देवकोटाको मृत्यु भएको भन्दै सामाजिक सञ्जलमा हार्दिक श्रद्धाञ्जली र रिप लेख्नेको रहर चलेको छ । कसले किन मृत्युको हल्ला चलायो र फेसबुक प्रयोगकर्ताले किन हार्दिक श्रद्धञ्ली लेखिरहेका छन भन्ने बुझन सकिएको छैन । यद्यपी केही पत्रकार लगायतका व्यक्तिले हल्लाको पछि नलाग्न अपिल गरिरहेका छन ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार ०६:२८