१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा काेराेना संक्रमण पुष्टि

३० असाेज, चितवन । चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा ५५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । थपिैका काेराेना  संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामध्ये ३ जना पाल्पाका र १ जना रूपन्देहीका छन् ।

भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा  काेराेना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला, रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा काेराेना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : October 16, 2020 at 12:30 pm