१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

२४.२१ प्रतिशत लाभांश घोषणा गरेको शिवम् सिमेन्टले साधारण सभा बोलायो

३० असोज, काठमाडाैँ । शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको शिवम् सिमेन्टले साधारणसभा डाकेको छ । शिवम् सिमेन्ट कम्पनीले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा पाँचौ वार्षिक साधारणसभा डाकेको हो।

कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कात्तिक २४ गते हुने साधारणसभामा भिडियो कन्फ्रेन्स मार्फत पनि सहभागी हुन सकिने कम्पनीले जनाएको छ । सभामा लाभंश पारितसँगै लेखापरीक्षक नियुक्त गर्ने र गत आवको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ०७:४६