८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गृह मन्त्रालयले प्रकाशित गर्यो तीन दिन सार्वजनिक बिदाको सूचना

१४ फागुन, काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णयबारे सूचना प्रकाशित गरेको छ ।

 फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि फागुन २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएअनुसार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरेर जनाएकाे छ ।

प्रकाशित मिति : February 26, 2026 at 4:00 pm