१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँडः झण्डै ६ लाख आवेदकको हात खाली

३० असोज, काठमाडाैँ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड  भएको छ । आइपीओका लागि आवेदन दिएका मध्ये झण्डै ६ लाखको हात खाली भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकले आइपीओ पाएनन् ।

आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथा गरिएको हो । इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो। कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ०९:२९