धारिलो हतियार प्रयोग गरी झापामा एक युवकको हत्या
२८ असोज, कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो ।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो
प्रकाशित मिति : October 14, 2020 at 4:55 pm



