५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तिम्रो स्पर्श र मलहम-उस्तै उस्तै लाग्यो (गजल)


–सुदामा कृष्ण

तिमी र यो मौसम उस्तै उस्तै लाग्यो
बदलिरहने हरदम उस्तै उस्तै लाग्यो

कसले भन्यो पिरती नशा होइन भनेर
मलाई त उनी र रम उस्तै उस्तै लाग्यो

रुवाउने पनि उनै—-हँसाउने पनि उनै
कभी खुसी कभी गम उस्तै उस्तै लाग्यो

यति धेरै लेखिएछ बहाना वा चाहनामा
तिम्रो याद र कलम —उस्तै उस्तै लाग्यो

थाहै नभई निको भो कति धेरै पीडाहरु
तिम्रो स्पर्श र मलहम-उस्तै उस्तै लाग्यो

 

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १६:५८