१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँका १४०३ सहित पछिल्लो २४ घण्टामा थपिए २६३८ कोरोना संक्रमित

२८ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३५५६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १४ हजार ८१९ र होम हाइसोलेशनमा २१ हजार ५४८ जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १४०३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

 

प्रकाशित मिति : October 14, 2020 at 4:30 pm