१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँका २१२९ सहित पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित

२७ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३५५६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १७४६ जना, भक्तपुरमा १६७ जना र ललितपुरमा २१६  जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २१२९ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५०३ कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ७८ हजार ७८०पुगेको छ ।

प्रकाशित मिति : October 13, 2020 at 4:28 pm