५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बैंकिङ कसुर मुद्दामा फरार धादिङका अकौलिया चितवनबाट पक्राउ

२७ असोज, काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

फाइल फाेटाे

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिनुभयो । उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : October 13, 2020 at 4:06 pm