५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा सीता नेपाली नियुक्त

२६ असाेज, काठमाडाैँ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् ।

आइतबार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको राजनीति यतिबेला चर्चाको विषय बनेको छ। मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका हुन्। मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : October 12, 2020 at 4:08 pm