१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आइपिएलमा बाजी खेलाउने ७ जना पक्राउ

२६ असोज, काठमाडौँ । प्रहरीले काठमाडौँको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौँ महानगर-१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आइतवार आइपिएलमा सट्टाबाजी खेलाउने भारत घर भएका कुलदीप शारणलाई सुरुमा पक्राउ गरेको थियो। कुलदीपकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुलदीप कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नं. १०५ मा बस्ने गरेको पाइएको छ । पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 12, 2020 at 2:18 pm