२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएल मुम्बई इन्डियन्सको पाँचै जित, सन्दीप सहभगी टिम ५ विकेटले पराजित

२६ असोज, काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौं जित हात पारेको छ । गएराति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौंं जित निकालेको हो ।

युएइको शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०७:३९