१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँका १४१६ सहित पछिल्लो २४ घण्टामा थपिए २०७१ कोरोना संक्रमित

२५ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २०७१  कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ११४५, भक्तपुरमा ११०  र ललितपुरमा १६१  जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १४१६ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १,५५२ कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

प्रकाशित मिति : October 11, 2020 at 4:30 pm