१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

स्वास्थ्यमा समस्या आएपछि संक्रमित कैलालीका एसपीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

२५ असोज, काठमाडौँ । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी एसपी अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौँ  ल्याइएको छ।  राणालाई असोज २० गते कोरोना पुष्टि भएपछि  धनगढीमै उपचार भइरहेको थियो।

आइतवार बिहान उहाँलाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

प्रकाशित मिति : October 11, 2020 at 1:51 pm